सरकारलाई दबाब दिने कार्यक्रमबारे चिनियाँ राजदूतलाई रविको बृफिङ्ग

सरकारलाई दबाब दिने कार्यक्रमबारे चिनियाँ राजदूतलाई रविको बृफिङ्ग
सुन्नुहोस्

पूर्वमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)नका सभापति रवि लामिछानेले नेपालका लागि चिनियाँ राजदूत छन् सोङसँग भेटवार्ता गरेका छन् । 

आज वनस्थलीस्थित रास्वपा मुख्यालयमा भेटवार्ता भएको हो । भेटमा सो पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल,पूर्वाधार विकास विभाग प्रमुख निशा डाँगीलगायतको सहभागिता रहेको जनाइएको छ । 

रास्वपाले सम्पन्न गरेको ३ दिने दबाब यात्रा, पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडक खण्डको स्तरोन्नतिमा भइरहेको विलम्ब र नागरिकले खेप्नु परेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउने कार्यक्रमका बारेमा राजदूत सोङसँग कुराकानी भएको सांसदसमेत रहेकी डाँगीले जानकारी दिएकी छन् ।  

सो सडक निर्माणमा ढिलाइ हुनुको विविध कारणबारे छलफल भएको तथा थप ढिलाइ नहुन चालिनुपर्ने कदम र निर्वाह गरिनुपर्ने भूमिकाबारे विस्तृत कुराकानी भएको पनि उनले बताइन् । 

आयोजना छिटो सम्पन्न गर्न आफ्नो तर्फबाट आवश्यक पहल गर्ने राजदूत साेङले प्रतिबद्धता जनाएको बताइएको छ । नारायणगढ-बुटवल सडक खण्ड स्तरोन्‍नतिको काम चिनियाँ ठेकेदार कम्पनीले गरिरहेको छ ।

टिप्पणीहरू