भन्सार छुटाईदिन्छु भन्दै घुस खाने असई रंगेहात फेला

भन्सार छुटाईदिन्छु भन्दै घुस खाने असई रंगेहात फेला

बाँकेमा एक प्रहरी घुससहित रंगेहात पक्राउ परेका छन् । 

खडैचा प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक (सई) गजेन्द्रसिंह भण्डारी घुस लिँदालिँदै समातिएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल सम्पर्क कार्यालय नेपालगन्जको टीमले ८ हजार घुस लिइरहेका उनलाई नियन्त्रणमा लिएको जनाइएको छ । 

एकजना व्यवसायीले भारतबाट ल्याएको मोटरसाइकल र युरिया मल भन्सारबाट छुटाईदिने भनी भण्डारीले घुस खाएको अख्तियारको भनाई छ ।

टिप्पणीहरू