दश बर्षपछि एक बलात्कारी पक्राउ

दश बर्षपछि एक बलात्कारी पक्राउ
सुन्नुहोस्

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले बलात्कार मुद्धामा दोषी ठहर भएका एक व्यक्तिलाई १० बर्षपछि पक्राउ गरेको जनाएको छ । 

जिल्लाको सिस्ने गाउँपालिका ८ निवासी ३४ वर्षीय नबिन भनिने गोपाल केसीलाईजिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश पाण्डेका अनुसार बुधबार ललितपुर महानगरपालिका-१२ लगनखेलबाट प्रक्राउ गरिएको हो । 

उनीबिरुद्ध रुकुम जिल्ला अदालतले २०७० साल माघ २१ गते जबरजस्ती करणीसम्बन्धी मुद्धामा १२ वर्ष कैद र एक लाख क्षतिपूर्ति भराउने फैसला गरेको थियो । 

त्यसयता फरार रहेका केसीलाई पक्राउ गरेर बिहिबार रुकुमकोट जिल्ला अदालतमा पेश गरिएको हो । अदालतको आदेशअनुसार कैद भुक्तानको लागि केसीलाई रुकुम पश्चिमस्थित कारागार कार्यालयमा चलान गरिएको छ । 

प्रहरी निरीक्षक पाण्डेले फैसला कार्यान्वयनको क्रममा अदालतबाट दोषी  ठहर भएका विभिन्न व्यक्तिहरुको खोजी भइरहेको जानकारी दिए ।

टिप्पणीहरू