गएरातिकाे ट्रिपर दुर्घटनामा चालकको निधन

गएरातिकाे ट्रिपर दुर्घटनामा चालकको निधन

मकवानपुरमा भएको ट्रिपर दुर्घटनामा चालकको ज्यान गएको छ । गढी गाउँपालिका १, बाँदरखोल्सीस्थित भित्री सडकमा गएराति भएको दुर्घटनामा ट्रिपर चालकको ज्यान गएको बताइएको छ । 

दुर्घटनामा ट्रिपर चालक हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५, रातोमाटेका २२ वर्षीय सुकदेव पाख्रिनको ज्यान गएको हो । लेनडाँडाबाट बादरखोल्सीतर्फ जाँदै गरेको बा.प्र–०३–००१ख१४८९ नम्बरको ट्रिपर सडकबाट एक सय ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

दुर्घटनामा घाइते भएका पाख्रिनलाई उपचारार्थ हेटौंडा अस्पताल लगिएको थियो । उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

टिप्पणीहरू