७२ वर्षे बृद्धमाथि बलात्कारको बात, पक्राउ गरेर अनुसन्धान गर्दै प्रहरी

७२ वर्षे बृद्धमाथि बलात्कारको बात, पक्राउ गरेर अनुसन्धान गर्दै प्रहरी

झापामा ५२ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा एक बृद्ध समातिएका छन् । 

जबरजस्ती करणीको आरोपमा मेचीनगर नगरपालिका–१२ प्रगति टोल बस्ने ७२ वर्षीय धनबहादुर श्रेष्ठ पक्राउ परेका हुन् । उनले ती महिलालाई गत मंगलबार दिउँसो करणी गरेको प्रहरीमा जाहेरी परेको थियो । 

त्यसपछि प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले उनलाई हिजो साँझ नियन्त्रणमा लिएको हो । श्रेष्ठमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू