चन्द्रागिरीमा जुवाको खाल, सात जना जुवाडे समातिए

चन्द्रागिरीमा जुवाको खाल, सात जना जुवाडे समातिए

काठमाडौंको चन्द्रागिरीमा जुवा खेलिरहेका सात जना जुवाडे खालबाटै समातिएका छन् । चन्द्रागिरी नगरपालिका–३, थानकोट महाशक्ति पेट्रोल पम्पनजिक मिना मगरको खाजा घरमा जुवा खेलिरहेको अवस्थामा मकवानपुरका ३० वर्षीय रामकृष्ण थोकरसहित सात जनालाई प्रहरीले पक्रेको हो । 

विशेष सुराकीको आधारमा प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले हिजो साँझ उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीको उनीहरुको साथबाट नौ हजार ९७० रुपैयाँ नगद र एक बुक तास बरामद गरेको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको हो ।

 

टिप्पणीहरू