क्याबिनेट निर्णयमा धेरै नियुक्ति, नागरिक लगानी कोषको जिम्मा पर्वतलाई

क्याबिनेट निर्णयमा धेरै नियुक्ति, नागरिक लगानी कोषको जिम्मा पर्वतलाई

सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्कीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले कार्कीसँगै अन्य निकायमा पनि नियुक्ति गरेको छ ।

सरकारले नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्ष पदमा रमेशचन्द्र न्यौपानेलाई नियुक्त गरेको छ । त्यसैगरी सांस्कृतिक संस्थानको रिक्त महाप्रबन्धक पदमा रुकुमको सानीभेरी गाउँपालिका–६ का किरणबाबु पुनलाई र गंगालाल राष्ट्रिय हृदयकेन्द्रको कार्यकारी निर्देशकमा डा.रवि मल्ललाई नियुक्त गर्ने निर्णय गरिएको छ । 

त्यस्तै, आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८० जारी गर्न नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने र राजनीति दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्समक्ष पेश गर्न स्वीकृत गर्ने आजको क्याबिनेट निर्णयमा उल्लेख छ ।

टिप्पणीहरू