सालकको खपेटासहित दुइजना पक्राउ

सालकको खपेटासहित दुइजना पक्राउ

कैलालीमा सालकको खपेटासहित दुई जना समातिएका छन् । 

भजनी नगरपालिका–८ का ३५ वर्षीय पर्शुराम चौधरी र जोशिपुर गाउँपालिका–४ निवासी ३२ वर्षे प्रेम चौधरीलाई प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर र ईलाका प्रहरी कार्यालय सुखड कैलालीबाट खटिएको संयुक्त टोलीले हिजो दिउँसो बर्दगोरिया गाउँपालिका–६ स्थित सडकबाट नियन्त्रणमा लिएको हो । 

प्रहरीका अनुसार सु.प.प्र.०१००८ प ३५१२ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उनीहरु सालकको खपेटासहित फेला परेका थिए । उनीहरुको साथबाट ११ किलो १ सय ग्राम तौल भएको सालकको खपेटा बरामद गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका निम्ति डिभिजन वन कार्यालय पहलमानपुर पठाएको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू