श्रीमानद्वारा आठ महिने गर्भवती श्रीमतीको बिभत्स हत्या

श्रीमानद्वारा आठ महिने गर्भवती श्रीमतीको बिभत्स हत्या

पूर्वी नवलपरासीमा एक पुरुषले गर्भवती श्रीमतीको विभत्स तरिकाले हत्या गरेका छन् । 

प्रहरीका अनुसार हुप्सेकोट गाउँपालिका-६ बिरुखर्कका ३३ वर्षका शेरबहादुर लम्का मगरले गएराती ३४ वर्षीया श्रीमती चनिसरालाई कोदालो र खुर्पाले हानेर हत्या गरेका हुन् । मृतक चनिसरा यहि महिना सुत्केरी हुने समय अस्पतालले दिएकाे बताइएको छ । 

घटनाबारे स्थानीयले बिहान करिब ७ बजेतिर प्रहरीलाई खबर गरेका थिए । लगत्तै प्रहरी नायव उपरिक्षक बेद बहादुर पौडेलको नेतृत्वमा प्रहरीको टोली घटनास्थल पुगेको थियो । 

घटनाको अनुसन्धान गरिरहेको प्रहरीले शेरबहादुरको मानसिक सन्तुलन ठिक नरहेको अनुमान गरेको छ । अहिले घटनास्थलको मुचुल्का उठाएर थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।
 

टिप्पणीहरू