संसदीय समितिहरु क्यालेण्डअनुसार नचल्दा सभामुखको गुनासो

सुन्नुहोस्

सभामुख देवराज घिमिरेले संसदीय समितिहरु क्यालेण्डरअनुसार सञ्चालन गर्ने प्रयास सफल नभएको गुनासो गर्नुभएको छ । 

आज संसदीय समितिका सभापतिहरुसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । क्यालेण्डर बनाएर समितिहरु सञ्चालन गर्ने प्रयास भएपनि व्यवहारिक कठिनाईले त्यो सम्भव नभएको सभामुख घिमिरेको भनाई छ । 

संसदलाई प्रभावकारी ढंगबाट लैजानको लागि क्यालेण्डर बनाएर कार्यान्वयन गर्न समितिका सभापतिहरुसँग छलफल भएको पनि उहाँले जानकारी दिनुभयो । संसद्को हिउँदे अधिवेशन चाँडै बोलाउने गरी अहिले आवश्यक तयारीका काम भैरहेको सभामुखले बताउनुभयो ।

सभामुख घिमिरेले संसद सचिवालयका महसचिव नियुक्तिमा भैरहेको बिलम्ब छिट्टै टुंगिने विश्वाससमेत व्यक्त गर्नुभएको छ । आफूले सिफारिस गरिसकेको र टुंग्याउनुपर्ने स्थानबाट छिटो टुंगिएला भन्नेमा आशावादी रहेको उहाँको भनाई छ ।
 

टिप्पणीहरू