हर्क साम्पाङले पनि भोट हालेनन्
धरान उपमहानगरका मेयर हर्क राज राईले राष्ट्रिय सभा चुनावमा भोट नहाल्ने भएका छन् । कोशी प्रदेशको मतदाता रहेका उनी विराटनगरमा जारी मतदान प्रक्रियामा सहभागी नभएका हुन् ।
मतदान अन्तिम चरणमा पुग्दासम्म मेयर हर्क भोट हाल्न गएका छैनन् । अब जम्मा चार जनाले भोट हाल्न बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले पनि मतदान बहिष्कार गरेका छन् । बाग्मती प्रदेशको मतदाता रहेका उनले कार्यव्यस्तता देखाउँदै मतदान गर्न नगएका हुन् ।
राष्ट्रिय सभामा रिक्त १९ सदस्य निर्वाचित गर्न सातै प्रदेशमा मतदान भइरहेको छ । बिहान ९ बजेदेखि शुरु भएको मतदानको समय अपराह्न ३ बजेसम्मका लागि तोकिएको छ ।
प्रदेश सभा सदस्य र गाउँ पालिकाका अध्यक्ष/उपाध्यक्ष तथा नगरपालिकाका मेयर/उपमेयर राष्ट्रिय सभा चुनावमा मतदाता छन् ।
टिप्पणीहरू