कोशीमा फ्लोर क्रस, माओवादीलाई धक्का
कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमा महिला कोटामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका चम्पा कार्कीलाई हराउँदै एमालेकी रुक्मिणी कोइरालाले जितेकी हुन् । प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधि मतदाता रहने राष्ट्रिय सभा चुनावमा सत्ता गठबन्धनको प्रष्ट बहुमत भए पनि नतिजा एमाले-राप्रपा गठबन्धनकी कोइरालाको पक्षमा गएपछि माओवादी केन्द्रलाई धक्का लागेको छ ।
मत परिणामको औपचारिक घोषणा हुन बाँकी छ ।
टिप्पणीहरू