दुई बालिका बलात्कृत, सुन्तलेका सन्तोष र ४४ वर्षे अनेक पक्राउ

दुई बालिका बलात्कृत, सुन्तलेका सन्तोष र ४४ वर्षे अनेक पक्राउ

खोटाङमा १३ वर्षीया बालिका बलात्कृत भएकी छन् । उनीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले बराहपोखरी गाउँपालिका–२ सुन्तलेका २० वर्षे सन्तोष आलेमगरलाई समातेको छ । 

उनले गत पुस २९ गते ती बालिकालाई करणी गरेको प्रहरीको आरोप छ । प्रहरी चौधी हुक्राजोरबाट खटिएको प्रहरी टोलीले हिजो बिहान सन्तोषलाई नियन्त्रणमा लिएको हो । 

यस्तै, धनुकटामा पनि १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी भएको छ । उक्त अभियोगमा साँगुरीगढी गाउँपालिका–८ खुडी बस्ने ४४ वर्षीय अनेक लोहोरुङ राईलाई प्रहरीले पक्राउ गरेको छ । 

गत मंगलबार सोही गाउँपालिका–८ टप्पु डाँडास्थित गोठमा ती बालिकालाई करणी गरेको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले हिजो दिउँसो उनलाई समातेको जनाएको छ । 

दुवै घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू