हुण्डीमा व्यस्त विश्वासको सटरमा ३० लाख असरल्ल

हुण्डीमा व्यस्त विश्वासको सटरमा ३० लाख असरल्ल

हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ परेका छन् । काठमाडौंको अनामनगरमा बस्दै आएका ५० वर्षीय युवराज प्रसाईं र बौद्ध नयाँबस्तीका ३० वर्षीय विश्वास राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट खटिएको टोलीले आज उनीहरुलाई पक्रेको जनाएको छ । उनीहरुले प्रचलित कानुनविपरीत हुण्डी कारोबार गर्दै आएको पाइएपछि नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । 

नयाँबस्तीस्थित विश्वासको सटर कोठाबाट सीआईबीले ३० लाख १८ हजार रुपैयाँ नगद, दुई थान ल्यापटप र पाँच थान मोबाइल बरामद गरेको छ । 

पक्राउ परेका दुवै जनामाथि नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

टिप्पणीहरू