नेपालको विकासमा बीआरआईको महत्वपूर्ण योगदान : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको सामाजिक तथा आर्थिक विकासमा चीनको महत्वपूर्ण सहयोग रहेको बताउनुभएको छ । उहाँले पछिल्लो समय दुबै मुलुकले बेल्ट एन्ड रोड इनिसिएटिभ्स, कनेक्टिभिटी बढाउने र आर्थिक सहयोग प्रवद्र्धन गर्ने लक्ष्य राखेको उल्लेख गर्नुभएको छ ।
उपप्रधानमन्त्री श्रेष्ठले आज राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा उक्त धारणा राख्नुभएको हो । चीनको सिल्करोड इन्टरनेसनल थिङ्क ट्याङ्क एक्सचेन्ज सेन्टर, वल्र्ड साइनोलोजी सेन्टर र साइनो नेपाल मिडिया सोसाइटीको आयोजनामा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । सिल्क रोड परियोजनाले विभिन्न देशलाई एउटै सूत्रमा बाँधेको र ती मुलुकका युवाको ज्ञान, सीप र विचार आदान–प्रदानमा उल्लेखनीय योगदान पुगेको उपप्रधानमन्त्री श्रेष्ठको भनाई छ ।
उहाँले भन्नुभयो, ‘पछिल्ला वर्षमा नेपाल–चीन सम्बन्धमा उल्लेखनीय प्रगति भएको छ ।’ पूर्वाधार निर्माण, सडक, पुल, ऊर्जा परियोजनामा चीनको महत्वपूर्ण योगदान रहेको चर्चा कार्यक्रममा गरिएको छ ।
अन्तरक्रियालाई नेपालस्थित चिनियाँ राजदूतावासका काउन्सिलर से यु, मध्यपुर थिमी नगरपालिकाका उपमेयर विजयकृष्ण श्रेष्ठलगायतले पनि सम्बोधन गर्नुभएको छ । साइनो नेपाल मिडिया सोसाइटी र सिल्क रोड युथ फोरम तथा चीनस्थित नेपाल राष्ट्रिय मण्डप र भारतको संस्थासँग आपसी सहकार्य अभिवृद्धि सम्बन्धी समझदारी पत्रमा कार्यक्रममा हस्ताक्षर गरिएको छ ।
टिप्पणीहरू