लैनचौरमा सहिद दिवस, प्रधानमन्त्री प्रमुख अतिथि

लैनचौरमा सहिद दिवस, प्रधानमन्त्री प्रमुख अतिथि
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहिद स्मृति सभामा सहभागी हुनुभएको छ । काठमाडौं महानगरपालिकाले सहिद दिवसको अवसरमा लैनचौरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले सहिदहरुको सम्झनामा माल्यार्पण गर्नुभएको छ । 

कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री रञ्जिता श्रेष्ठ सहभागी हुनुभएको छ । काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल, प्रहरी महानिरीक्षक बसन्त कुँवर, सशस्त्र प्रहरी प्रमुख राजु अर्याललगायत पनि कार्यक्रममा सहभागी छन् । 

मुलुक र जनताको हित तथा अधिकारका लागि जीवन त्याग गरेका सहिदप्रति सम्मान गर्दै प्रत्येक वर्ष माघ १६ गते यो दिवस मनाइन्छ । आजको दिनमा विशेषगरी वीर सहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको सङ्घर्षमय जीवन र बलिदानको विशेष स्मरण गरिन्छ । 

तत्कालीन राणा शासकहरुले वि.सं. १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवम् दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा मृत्युदण्ड दिएका थिए ।

हरेक वर्ष माघ १० देखि १६ गतेसम्म सहिद सप्ताह मनाउने गरिएको छ ।


 

टिप्पणीहरू