पर्यटकीय होटलमा जुवाको खाल, बरामद झण्डै १४ लाख

पर्यटकीय होटलमा जुवाको खाल, बरामद झण्डै १४ लाख
सुन्नुहोस्

राजधानीको ठमेलस्थित एउटा होटलमा कोठा भाडामा लिएर जुवा खेलाएको र खेलेको आरोपमा ११ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई ठमेलको ज्याठास्थित होटल भियानाबाट नियन्त्रणमा लिएको जनाएको छ ।

जुवातास खेलाएको र खेलिरहेको अवस्थामा रोल्पाका ३६ वर्षीय लिला डाँगीसहित ११ जना गएराति पक्राउ परेका हुन् । डाँगीले उक्त होटलको कोठा नम्बर ६१२ भाडामा लिएर जुवा खेलाउँदै आएका थिए । 

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले उनीहरूलाई १३ लाख ६२ हजार पाँच सय रूपैयाँ र चार बुक ताससहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू