पूर्व राजा-रानी केशरबहादुर विष्टको गाउँतिर

पूर्व राजा-रानी केशरबहादुर विष्टको गाउँतिर
सुन्नुहोस्

मधेशका केही जिल्लाको भ्रमणपछि पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं फर्कनुभएको छ । उहाँ पूर्वरानी कोमलसहित भ्रमण दलका अन्य सदस्यहरुसँगै सिमराबाट स्थलमार्ग हुँदै काठमाडौं आउनुभएको बताइएको छ ।

शाह दम्पती कान्ति राजपथ हुँदै राजधानी फर्केको राष्ट्रिय शक्ति नेपालले जनाएको छ । उक्त पार्टीका अध्यक्ष विष्टले शाहलाई टिकाभैरव लेलेस्थित गाउँको निवासमा उहाँहरुलाई चियापान गराएका थिए । 

उक्त मार्गबाट तत्कालीन राजा महेन्द्र आफैँले गाडी हाँकेर हेटौंडा गएको र अहिले उहाँका छोरा पनि आफैँले गाडी चलाएर हेटौंडा हुँदै काठमाडौं आउनुभएको राष्ट्रिय शक्तिका एक जना पदाधिकारीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

टिप्पणीहरू