क्याविनेट बैठकमा तीनवटा नियुक्तिको निर्णय

क्याविनेट बैठकमा तीनवटा नियुक्तिको निर्णय

राष्ट्रिय योजना आयोगको सदस्यमा रौतहटका उमाशंकर प्रसाद नियुक्त भएका छन् । आज बसेको क्याविनेट बैठकले आयोगको रिक्त सदस्यमा उनलाई लैजाने निर्णय गरेको हो । 

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माका अनुसार बैठकले नेपाल वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राईलाई नियुक्त गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको प्रस्तावमा निगमको संचालक समितिका सदस्य राईलाई उपाध्यक्ष बनाइएको हो । 

त्यस्तै, नरदेवी आयुर्वेदिक चिकित्सालय विकास समिति सदस्यमा सिन्धुपाल्चोकका लेखनाथ लामा र काठमाडौंका डा. सहारा श्रेष्ठलाई मनोनयन गरिएको छ ।

बैठकले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री संयोजक रहने गरि निजी क्षेत्रलाई पनि समेटेर राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने निर्णय गरेको पनि मन्त्री शर्माले जानकारी दिनुभयो ।

टिप्पणीहरू