प्रधानमन्त्री र प्रतिपक्ष दलका नेताबीच सिंहदरबारमा छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्री कार्यालय सिंहदरबारमा उहाँहरुले भेट गर्नुभएको हो ।
भेटवार्तामा शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुर्याउने, आगामी सोमबारदेखि सुरू हुने संसद्को हिउँदे अधिवेशनलगायत समसामायिक विषयमा छलफल भएको बताइएको छ । प्रधानमन्त्रीसँगको भेटपछि अध्यक्ष ओलीले टिआरसीलाई मिलाएर चाँडै टुङ्गोमा पुर्याउनेबारे छलफल भएको जानकारी दिनुभयो ।
सरकारले यसै अधिवेशनमा विधेयक पास गर्ने तयारी गरेको छ । प्रमुख प्रतिपक्षको समेत समर्थनमा शान्ति प्रक्रिया टुंग्याउने प्रधानमन्त्रीको चाहना देखिन्छ । तर, एमालेले भने विधेयकका कतिपय प्रावधानहरुमा असहमति राख्दै आएको छ ।
अध्यक्ष ओलीले आफूहरुको अडान कायमै रहेको जनाउँदै छलफल गर्दै जाँदा सहमति निस्कने विश्वास व्यक्त गर्नुभयो । 'हाम्रो अडान यथावत् नै छ’, उहाँले भन्नुभयो, ‘बहुमतले किन पास गर्नुपर्यो ? राम्रो बनाएर सहमतिले पास गरे भैगो नि !’
टिप्पणीहरू