पार्टी बैठकमा विनोद चौधरीको गोहीको आँशु
तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणमा कान्छो भाइ अरुण चौधरी समातिएकोमा असन्तुष्टी जनाउँदै नेपाली काँग्रेसका सांसद विनोद चौधरीले पार्टी बैठकमा कुरा उठाएका छन् ।
आज बसेको काँग्रेस संसदीय दलको बैठकमा विनोदले आफ्ना भाइलाई पक्राउ गरेर सरकारले प्रतिसोध साँधेको भन्दै दलका नेतासमेत रहेका सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका हुन् ।
प्रमुख सचेतक रमेश लेखकले विनोदले संसदीय दल र नेतृत्वको यसबारे ध्यानाकर्षण गराएको जानकारी दिए । तर, पार्टीले कुनै धारणा नबनाएको उनले बताए ।
महाराजगञ्जस्थित तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको विषयमा अरुण पक्राउ परेका हुन् । ३७ वर्षअघि विनोदले खोलेको च्याम्पियन फुटवेयर, त्यसपछि चाँदबाग रेसिडेन्सी र अहिले सञ्चालित चाँदबाग स्कूलको स्वामित्व कागजमा अरुणलाई दिएर व्यवहारमा त्यसको आम्दानी एक्लौटी रुपमा विनोदले लिएकाले कान्छो भाइ मात्र प्रहरी हिरासतमा पुगेको बताइन्छ ।
टिप्पणीहरू