‘भड्केको आत्मा’सँगै खुनको बदला खुन हेथ्र्याैं रातमा
‘भन्छन् नि नचाहिँदो कुरामा घमण्ड र ठूलो स्वर गर्नु हुँदैन– सर्वाेच्चको आदेशानुसार काठमाडौंको सिडिओ कार्यालय गएर आजकै दिन पोहोर जन्मभूमिको वैधानिक नागरिकता पाउनुभएकोमा रविजीलाई तत्कालै बधाई र धन्यवाद दिएको थिएँ । ५ वर्षअगाडि नै पत्रकारिताको नियामक निकाय प्रेस काउन्सिलले गरेको विनम्र आग्रहलाई अनेकौं झूठ कुरा लेख्दै नदुत्कारेको भए कत्ति राम्रो हुुुने थियो ! त्यो संस्थाको प्रमुखका हैसियतमा मैले हात जोडी बिन्ती गरेको थिएँ– ‘कृपया नेपालको नागरिकता, प्रेस, अध्यागमन, श्रम, कर कानुनसहित सबै नियम पालना गरेर लाइसेन्ससहितको पत्रकारितामा जम्नुहोला, रम्नुहोला । लाइसेन्सविनाको बन्दुक र सवारी दुर्घटनाले झन् बढी दुःख दिन्छ ।
तर, तर्क र विधिविधान भन्दा असभ्यताको हद पार गर्न सक्ने केही उन्मादीको साथ लिएर उहाँ उल्टै हामीमाथि ‘प्रेस पास लिनुभन्दा दोबाटोमा जुत्ता पालिस गरेर बस्छु, मलाई स्पष्टीकरण सोध्ने तिमी अपराधीहरु’ भन्दै सामूहिक गालीगलौजमा उत्रिनुभयो । निदान अस्पतालको आईसीयुमा भर्ना भएर जीवनको अन्तिम सास गन्दै गरेकी मेरी मातालाई समेत आघात पुग्ने गरी फेसबुकमा ‘पख्लास्, म धेरै बेर कुर्न सक्दिनँ, तिमीहरुलाई देखाइदिन्छु’ भन्दै जथाभाबी लेखी नै रहनुभयो । त्यहीबीच ८४ पूजा (उमेर ७७ वर्ष ७ महिना ७ दिन पुगेको अवसरमा मनाइने नेवारीमा पहिलो जँको पूजा) को दुई दिनअगाडि बित्नुभएकी मेरी जन्मदातालाई म आज झल्झली सम्झिरहेको छु ।’
जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था प्रकाशन प्रालिका अध्यक्ष किशोर श्रेष्ठले गत मंगलबार फेसबुकमा पोस्ट गरेको यो स्टाटस पढ्दा नरमाइलो लाग्यो । गत वर्ष पनि आफ्नी आमाको सम्झनामा रविलाई किटेर किशोर श्रेष्ठले यस्तै स्टाटस फेसबुकमा पोस्ट गरेका थिए । त्यतिबेला त्यो स्टाटस पढ्दा मन निकै भक्कानिएको थियो । किशोर सरको मन झन् कति रोएको होला ! प्रस्ट छ, रवि लामिछानेको कुराले किशोर श्रेष्ठको मनमा गहिरो चोट परेको छ ।
प्रेस काउन्सिल अध्यक्षको हैसियतले काउन्सिलमा रविविरुद्ध परेको मुद्दामा नियमसंगत कुरा गर्दा मिडिया पपुलारिटीको आडमा भुइँमा न भाँडोमा भएका रवि लामिछाने उल्टो किशोरमाथि नै खनिन पुगे । बिरामी आमा अस्पतालको मृत्यु शैय्यामा छटपटिँदा समेत रविले सत्तासराप गर्न नछोडेको त्यो घटनालाई किशोरले यसै भुल्न पनि सक्दैनन्, अमीट छाप बनेर रहनेछ । किशोरले पनि रविलाई भित्तामा नपुर्याई नछोड्ने पक्का छ । रवि पाताल पुगेपछि मात्रै किशोर श्रेष्ठको मन बुझ्ला ! किशोर सरको आमाको आत्माले पनि त्यतिबेलै पूर्ण शान्ति पाउनेछ ।
मृत आत्माकै कुरा गर्ने हो भने शालिकराम पुडासैनीको भूतले झन् कदापि छोड्ने छैन रविलाई । पुडासैनी रविकै ती पूर्वसहकर्मी पत्रकार हुन्, जसलाई रविहरुले नै अत्याएर मर्न बाध्य पारेका थिए । मर्नेबेलामा पुडासैनीले कसरी रविको भयानक अन्त होस् भनी रुँदै अलापेका थिए ? त्यस्तै हुनेछ । किनकि मर्नुअघिको श्राप, जीवनको आखिरी श्रापको आखत त लाग्छ नै ! रविहरुको पेलान, दबाब र धम्कीका कारण डिप्रेसनग्रस्त भई आत्महत्या गर्नुअघि पुडासैनीले जीवनको अन्तिम भिडियो बनाएर भनेका थिए ।
‘रवि लामिछाने तिमीलाई एक दिन पाप लाग्छ, तिमी जस्तो अधर्मी यो देशमा कोही छैन । दुनियाँलाई थर्काएर उल्लु बनाएका छौ । कतिसम्मको करोडौं घुस लिएका छौ । मलाई भनिस् भने मारिदिन्छु भन्थ्यौ । रवि लामिछाने तिमीलाई एकदिन पोल्नेछ त्यो पैसाले । याद गर ! यति पोल्छ नि रवि ! यति पोल्छ ! मलाई महिनाको ५० हजार दिएर तिमी करोडौं कमाउँथ्यौं । तिमी जस्तो भ्रष्ट, अरुको प्रगति देख्न नसक्ने मान्छे यो देशमा कोही छैन । रविका अन्धभक्तहरु केहीले भन्लान् रवि राम्रो हो । तर रविको असली रुप देख्नलाई अझै केही वर्ष लाग्छ ।’
बिस्तारै उघ्रिँदै पनि छ रविको असली रुप । छताछुल्ल हुँदैछन् करोडौंका भित्री लेनदेन अनि साँठगाँठहरु । जब पाप धुरीबाट कराउन थाल्छ वा भड्केको आत्माले पिरोल्न थाल्छ तब दुष्टात्माले कसैगरी सुख पाउनेवाला छैन । बाँचेकाले न्याय नदिएपनि मृतकको कालोछायाले नै सताउँदै सिध्याउनेछ अपराधीलाई । हामीले सानोमा ‘जैसे करनी, वैसे भरनी’, ‘खुनका बदला खुन’ भन्ने मृतआत्मा सम्बन्धी भूतको टेलिसिरियल हेरेको याद छ । जसमा अन्याय, अत्याचार तथा बलात्कार गरी, धोका दिएर मारिएका र मर्न बाध्य पारिएका स्त्री–पुरुषहरुको आत्माले कानुनले न्याय नदिएपनि पछि खोजी–खोजी अपराधीहरुलाई मृत्युको भयंकर त्रासमा लपेटीलपेटी लघारीलघारी मारेको देखिन्थ्यो । रातिराति अलिअलि डराउँदै रमाइरमाइ हेथ्र्याैं ती भूतका फिल्म । मृतआत्माको भूतले तर्साउन, सताउन थालेपछि दुष्टजन रुँदै, कराउँदै, कहालिँदै लघारिएको, पछारिएको र अन्ततः नरकको कुण्डमा जाकिएको दृष्यले हामीलाई खुशी तुल्याउँथ्यो । शालिकरामहरुको भूतले पनि रवि जस्ता अधर्मी, पापीहरुलाई लगलगाइ लगलगाइ नर्कको भुङ्ग्रोमा घचेटेर भस्म पार्नेछ । किनकि मान्छे मरेर गएपनि ईश्वरको न्याय कदापि मर्नेछैन । यही नै सत्य वा भनौं संसारको सार हो ।
शालिकराम पुडासैनी त मरेर गए तर उनको आत्मा अझै यतै कतै भड्किरहेको छ । त्यो मृत आत्माले कहाँ त्यसै छोड्छ ? सपना र विपनामा पनि सताइरहनेछ, पछ्याइरहनेछ । पानीमुनि गएपनि धर पाउने छैनन् रविले । एकपछि अर्काे कालोकर्तुतहरु भण्डाफोर हुँदैछन् । भर्खरै सहकारी काण्ड छताछुल्ल भएको छ । भूतले तर्साउन थालेपछि रविको चेहराको रंग पनि उड्दै गएको छ । साँच्चै निदहराम भएको हुनुपर्छ । छेपारोले झैं रंग फेर्न माहिर छद्मभेषी रवि अब दिनरात तड्पिनु पर्नेछ । पहिले नेपाली, अनि अमेरिकी, फेरि नेपाली ? पहिले एउटाको पति, पछि अर्काेको पति, फेरि अर्कीको प्रेमी, फेरि कसको पति ? स्वास्नीमात्रै चारवटा रे ! कहिले पत्रकार, कहिले नेता ! सुरुमा ‘दलीय व्यवस्था नै ठिक भएन, अब देश स्वतन्त्रले चलाउनुपर्छ’ भनियो तर त्यसो भन्दै जनतालाई उचालेर पछि नाममात्र ‘स्वतन्त्र’ राखेर उही पार्टीकै पसल चलाउने रवि कसाइ किसिमका व्यापारी हुन्, जनता जानौं । हिजोको राणाकालीन अवस्थादेखि संघर्ष गरेर जनताको अधिकारका लागि आवाज उठाउँदै जनताको सुखदुःखमा साथ दिँदै आएका पुराना पार्टीहरुलाई हामीले नाथे रविको पछि लागेर आफ्नो देशको राष्ट्रियता लत्याएजस्तै यतिबिघ्न लत्याउन हुन्थेन ।
हुन त विदेशको सेना, पुलिसमा भर्ती भएर विदेशीका लागि रगत बगाउन जानेहरु नै उच्चकोटीको लाहुरे भनिने, उनीहरुकै ठाँटिलो रवाफ देखिने र तिनैलाई छोरी दिन तँछाडमछाड गर्नेहरुको यो देशमा विदेशमा गएर आफ्नो देशको नागरिकता (राष्ट्रियता) बेच्ने (त्याग्ने) लाई नै जनताले अब्बल दर्जाको नेता मान्नु कुन आश्चर्य भयो र अब ? लाटाको देशमा गाँडा तन्नेरी भन्ने त उखानै छ ।
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी अर्थात् जन्म दिने आमा जस्तै आफू जन्मिएको देश स्वर्गझैं प्यारो र पवित्र मानिन्छ । साँच्चिकै वीर सपुतहरु जन्मिएको देश हो यो । देशको मुक्ति अनि स्वतन्त्रताको खातिर थुप्रै देशभक्तहरुले हाँसीहाँसी ज्यानको बलिदानी दिएको अजरअमर गाथा बोकेको गौरवमय इतिहास छ । तर पछिल्लो समय किन–किन यही देशमा राष्ट्रियताको खडेरी पर्दैछ ? नेतृत्वमा राष्ट्रघाती तत्वकै रगरगी बढ्दैछ । राजनीतिक भूलभूलैयाले रन्थनिएका नेपाली जनताले पनि झन् ठूलो भूलमाथि भूल गर्दैछन् । साँच्चै भीड र भेडाहरुमा कुनै अन्तर नै देखिएन । भीड भनेको भेंडा नै हो त ?
पहिल्यैदेखिका साथी वा अभिभावक नेताहरु एकापसमा मिल्नु भन्दा आफूआफू वा आफ्नैसित झगडिने र अरुसितै गठजोड गर्दै हिँड्ने रन्डी झैं बिग्रिएपछि जनता पनि राँडनभाँडको रविमा घोप्टिन पुगेका हुन् । नेपालका पुराना पार्टी सबै खराब होइनन् । नेताहरुचाहिँ पथभ्रष्ट हुँदै गए, यो सबैले मान्नैपर्छ । तर देश र जनताको माया रविलाई भन्दा बढी पुरानालाई नै छ । आफूले बनाएको घरको माया कसलाई हुँदैन ? रविजस्तो अमेरिका पुग्दैमा जन्मघरलाई नै लत्याएर नागरिकता त्याग्ने व्यक्तिलाई देशको साँचो माया होला भनेर पत्याउनु मुर्खता शिवाय के होला ?? अमेरिकाबाट आएर फेरि उही साँढे बनेर भाँडभैलो मच्चाउने भँडुवालाई नै हिरो मान्ने नेपाली जनता साँच्चै भेंडा नभए के त ? आँखाको गेडा गुच्चा ?
मान्छे भएर अल्पायुमै आत्महत्या गर्न बाध्य पारिएको एउटा मान्छेकै आँसुको चिन्न सकेनौं हामीले । दुवैतहको अदातलबाट सफाइ पाएपछि सर्वाेच्च जाने ढोका बन्द भएको छ । अदालत पनि भीडले च्यापिएर न्यायको पक्षमा समेत बोल्नै नसक्ने अवस्थामा पुगेको धेरै भनिरहनुपर्ने कुरै होइन । आफ्नै सहकर्मीलाई कम्प्युटर छुन नदिने, ग्याङ मिलेर हातपात गर्ने, अर्काे टिभीमा गएर आफ्नो सीधा कुरा जनतासँग भन्नेजस्तै समानान्तर मिसन न्युज चलाएपछि डाहाडेलाई कम्ती औडाहा भएन । भित्रभित्रै जलन भयो । रुकु झन् आगोमा घिउ बन्न पुगिन्, विचरीलाई पनि के थाहा रविहरुको भित्री खेल ? सहारा लिन पुग्दा रविहरुले आफ्नो कुरालाई हतियार बनाएर शालिकरामलाई बार्गेनिङ गरेर मारेको हुनसक्ने त अस्मिताकै बयानमा प्रस्ट छ । गत चुनावको बेला रविको आफ्नै ड्राइभरको समेत शंकास्पद मृत्यु भएको थियो । मर्ने बेलामा रोएको आत्माले दिएको श्राप त अवश्य लाग्छ–लाग्छ, लाग्दैछ ।
टिप्पणीहरू