एमाले सांसदहरुलाई युवराज खतिवडा तालिम दिँदै
नेकपा एमालेले संसदमा सांसदहरुको भूमिका प्रभावकारी बनाउन उनीहरुलाई तालिम दिएको छ ।
हिजोदेखि शुरु बैठक तथा प्रशिक्षण कार्यक्रममा आज पूर्वमहान्याधिवक्ता अग्नि खरेल र पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले तालिम दिएका छन् । हिजो दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्देशनात्मक प्रशिक्षण दिनुभएको थियो ।
आजको बैठकमा पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रमुख सचेतक पदम गिरी, सचेतक महेश बर्ताैलालगायत चार दर्जनजति सांसदहरु सहभागी छन् ।
संसद्को हिउँदे अधिवेशन भोलि अपरान्हदेखि बस्दैछ । संक्रमणकालीन न्यायसँग सम्बन्धित टिआरसीलगायत महत्वपूर्ण विधेयकहरु संसदमा प्रस्तुत गर्ने सरकारको तयारी छ । टिआरसीका कतिपय प्रावधानमा एमालेले असहमति राख्दै आएको छ ।
टिप्पणीहरू