संसद अधिवेशनअघि माओवादी बैठक
संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक अपरान्ह ४ बजे बस्दै छ ।
आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक २०८० र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक २०७९ टेबुल गर्ने कार्यसूची तय गरेको बताइएको छ ।
आजै माओवादी केन्द्रको संसदीय दलको बैठक बसेको छ । बिहान साढे ८ बजे दलको संसदीय कार्यालय सिंहदरबारमा बसेको बैठकमा संसदको अधिवेशन र बैठकबारे छलफल भएको जानकारी दिइएको छ ।
बैठक प्रधानमन्त्री तथा माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको हो ।
टिप्पणीहरू