बालुवाटारमा मुख्यमन्त्रीसहितको गठबन्धन बैठक

बालुवाटारमा मुख्यमन्त्रीसहितको गठबन्धन बैठक

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्घीयता कार्यान्वयनबारे सत्ता गठबन्धन दलका शीर्ष नेता र प्रदेशका मुख्यमन्त्रीहरूसँग सामूहिक छलफल गर्नुभएको छ । 

आज बिहान बालुवाटारमा बसेको बैठकमा सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वयमा देखिएका समस्या र समाधानका लागि आगामी दिनमा अपनाउनुपर्ने उपायबारे छलफल भएको बताइएको छ । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति एवं उपप्रधानन्त्री पूर्णबहादुर खड्का, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको उपस्थिति थियो ।   

त्यस्तै, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी(नाउपा)लगायत दलका नेताहरू पनि बैठकमा सहभागी थिए ।

राष्ट्रिय समन्वय परिषद् बैठकमा सहभागी हुन काठमाडौँ आइपुगेका सातै प्रदेशका मुख्यमन्त्रीहरू पनि छलफलका लागि बालुवाटार गएका थिए ।

टिप्पणीहरू