विधानबारे छलफल गर्न माओवादीका नेताहरु पेरिसडाँडामा जुटे

विधानबारे छलफल गर्न माओवादीका नेताहरु पेरिसडाँडामा जुटे
सुन्नुहोस्

सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक शुरु भएको छ । 

पेरिसडाँडास्थित पार्टी मुख्यालयमा बसिरहेको बैठकमा विधान सम्मेलनको तयारीबारे छलफल हुने नेताहरुले बताएका छन् । माओवादीको विधान सम्मेलन फागुनको पहिलो साता काठमाडौँमा हुँदैछ ।

 

उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको कार्यदलले तयार पारेको विधानको मस्यौदा माओवादीले छलफल तथा सुझावका लागि तल्ला कमिटीमा पठाएको थियो । प्राप्त सुझावका आधारमा स्थायी समिति बैठकले मस्यौदालाई अन्तिम रुप दिने बताइएको छ । 

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षत्रय कृष्णबहादुर महरा, पम्फा भुसाल र अग्नि सापकोटा, महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेललगायत स्थायी समितिका अधिकांश नेताहरु सहभागी छन् ।

टिप्पणीहरू