राति विस्फोट भएको स्थानमा माओवादीको पर्चा

राति विस्फोट भएको स्थानमा माओवादीको पर्चा
सुन्नुहोस्

चितवनको भरतपुरमा गएराति विस्फोट भएको स्थान नजिकै नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रिय समितिको तर्फको नाममा लेखिएको पर्चा फेला परेको छ । भरतपुर महानगरपालिका–४, रामघाट नजिकै खुल्लाचौरमा भएको विस्फोटमा कुनै क्षति नभएको प्रहरीले जनाएको छ । 

गएराति पौने २ गते पड्किएको ठूलो आवाज आएपछि वडा प्रहरी कार्यालय नारायणगढबाट तत्काल टोली पुगेको थियो । घटनास्थलमा ग्यास सिलिण्डरका टुक्राहरु जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

त्यस्तै, नेकपा माओवादी केन्द्रले सरकारलाई बुझाएको माग उल्लेख गरिएको पर्चा पनि घटनास्थलमा भेटिएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू