केपी ओली सुध्रिए माधव नेपालले मिठाइ बाँड्ने

केपी ओली सुध्रिए माधव नेपालले मिठाइ बाँड्ने

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुध्रिए मिठाई बाँड्ने घोषणा गर्नुभएको छ । 

पार्टीको मधेश प्रदेश समितिको बैठकलाई आज सम्बोधन गर्दै उहाँले आफ्ना पूर्वसहकर्मीसमेत रहेका ओलीलाई व्यंग गर्दै त्यस्तो बताउनुभएको हो । अध्यक्ष नेपालले ओली सुध्रिने कुनै सम्भावना नरहेको पनि दाबी गर्नुभयो । 

अहंकारवादी र सर्वसत्तावादी चिन्तन हावी भएका कारण आफू एमालेबाट अलग हुनुपरेको उहाँको भनाइ थियो । भन्नुभयो, 'ओलीमा अहिले पनि अहंकारवादी चिन्तन भरिएको छ, सुध्रिने कुनै सम्भावना छैन । ओली सुध्रिए भने म मिठाई बाँड्छु ।'

एकीकृत समाजवादी स्थापना गर्दा आफूलाई छाडेर ओलीतिर लाग्नेहरूको अहिले बिजोग भएको पनि नेपालले बताउनुभयो । उहाँले थप्नुभयो, 'उनीहरूको अहिले एमालेमा बेहाल भएको छ ।'
 

टिप्पणीहरू