एकेडेमीको हलमा माओवादीको विधान सम्मेलन
नेकपा माओवादी केन्द्रको विधान सम्मेलन आजदेखि सुरु हुँदै छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले बिहान ११ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सम्मेलनको उद्घाटन गर्नुहुने कार्यक्रम छ ।
तीन दिनसम्म चल्ने विधान सम्मेलनमा पार्टीको विधान परिमार्जन गर्ने एजेण्डा छ । केन्द्रीय समितिको आकार घटाउने माओवादीको तयारी रहेको बताइएको छ ।
यसअघि स्थायी समितिले तयार पारेको विधान संशोधन मस्यौदामा माओवादीका तल्लो कमिटीबाट संकलन गरिएको सुझावसहित सम्मेलनमा प्रस्तुत गरिँदै छ ।
टिप्पणीहरू