माओवादी विधान अधिवशेनका सहभागी २० भागमा बाँडिए
नेकपा माओवादी केन्द्रको प्रथम विधान अधिवेशनमा सहभागीहरुलाई २० वटा समूहमा विभाजन गरिएको छ । प्रस्तावित विधानमाथि छलफल गर्न समूह विभाजन गरिएको बताइएको छ ।
एउटा समूहमा कम्तीमा ५० र बढीमा ५५ जना राखिएको छ । भोलि दिउँसो १ बजेसम्म छलफल गरेर आफ्नो समूहको निष्कर्ष टोलीले सुनाउने कार्यक्रम छ ।
पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजधानीको प्रज्ञा प्रतिष्ठानमा आज बिहान उद्घाटन गर्नुभएको अधिवेशन पर्सिसम्म चल्ने छ ।
टिप्पणीहरू