लोकल रक्सीप्रति गण्डकी सरकार सकारात्मक
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न लागिएको छ । गण्डकी प्रदेश सरकार स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरालाई आगामी चैतभित्रमा पर्यटकीय राजधानीको घोषणा गर्ने तयारी थालिएको जानकारी दिएका छन् ।
विदेशी पर्यटकहरुको पहिलो रोजाइ पोखरा भएको र पोखराबाटै हिमाल–पहाड–तराईको अनुभव लिन सकिने भएकाले पर्यटकीय राजधानी घोषणा गर्न लागिएको मुख्यमन्त्रीको भनाई छ ।
स्थानीय मदिरालाई ब्राण्डिङ गर्न प्रदेश सरकार सकारात्मक रहेको पनि उनले बताए । भने, ’यहाँ लोकल मदिरा बनाउन लुक्नुपर्ने, अन्य ब्राण्डका रक्सी बनाउन लुक्नुनपर्ने अवस्था छ । गुणस्तर नभए गुणस्तर कायम गरौँ । साधारण जनजीविका चलाएका मानिस सानो भए पनि आयआर्जन गर्न सक्छन् । यसमा हामी सकारात्मक छौ ।’
प्रदेशलाई आत्मनिर्भर बनाउनुपर्ने बताउँदै उनले पञ्चवर्षीय योजनाको उद्देश्य पनि आत्मनिर्भरता मै केन्द्रित रहेको उनको धारणा छ । आवश्यकताको आधारमा बजेट विनियोजनका लागि आयोजना बैंक स्थापनाको तयारी पनि भइरहेको जानकारी दिइएको छ ।
टिप्पणीहरू