माओवादी नफेरिने, केन्द्रीय समिति घटाउने
नेकपा माओवादी केन्द्रले तत्काल पार्टीको नाम र चुनाव चिह्न नफेर्ने भएको छ ।
काठमाडौँमा जारी विधान अधिवेशनका क्रममा समूहगत छलफलबाट प्राप्त सुझावको निष्कर्ष सुनाउँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल चुनाव चिह्न र पार्टीको नाम नफेर्ने बताउनुभएको हो । केही समूहबाट पार्टीको नाम र चिन्ह फेर्न सुझाव दिइएको थियो ।
माओवादीले केन्द्रीय समितिको आकार घटाउने निर्णय पनि गरेको छ । अध्यक्ष प्रचण्डले केन्द्रीय समिति घटाएर १९९ सदस्यीय बनाउने र सबै कमिटी प्रत्यक्ष निर्वाचित हुने बताउनुभयो ।
माओवादीमा अहिले केन्द्रीय सदस्य ३८५ जना छन् । विधान मस्यौदा कार्यदलले १५१ सदस्सीय केन्द्रीय कमिटी बनाउन सुझाएको थियो ।
टिप्पणीहरू