डडेल्धुराका प्रहरी हवल्दार बुटवलमा मृत फेला

डडेल्धुराका प्रहरी हवल्दार बुटवलमा मृत फेला
सुन्नुहोस्

नेपाल प्रहरीका हवल्दार मृत भेटिएका छन् । डडेल्धुराको भातागाडा प्रहरी चौकीमा कार्यरत भूपेन्द्र ठकुल्ला आज बुटवलको शिवनगर सामुदायिक वनमा मृत फेला परेका हुन् । 

ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पण्डितले उनी ठकुल्ला माघ २९ गते मृत अवस्थामा भेटिएको बताए । शव सडिसकेको अवस्थामा फेला परेको उनले जानकारी गराए । 

डिएसपी पण्डितले भने, ‘परिवारले बताएअनुसार उनी बिरामी थिए । मानसिक अवस्था पनि ठिक रहनेछ ।’

ठकुल्लाको मृत्युको कारण भने खुलेको छैन । उनी सार्वजनिक यातायातमा काठमाडौंबाट नेपालगञ्ज फर्किंदै गर्दा बुटवलमा झरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । 

शव पोस्टमार्टमको लागि पठाइएको र प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । परिवारलाई घटनाबारे जानकारी गराइसकेको र प्रत्यक्ष भेटेर अनुसन्धान गर्ने प्रहरीको भनाई छ ।
 

टिप्पणीहरू