चेपाङ बस्तीमा आगो लाग्दा धनमाल खरानी

चेपाङ बस्तीमा आगो लाग्दा धनमाल खरानी

चितवनको चेपाङ बस्तीमा आगलागी हुँदा दुई लाख बराबरको धनमाल जलेर खरानी भएको छ । 

माडी नगरपालिका-८ खरकट्टाको चेपाङ बस्तीस्थित जालीमाया चेपाङको घरमा आज अकस्मात लागेको आगोले अन्न र लत्ताकपडा पूरै जलेर नष्ट भएको हो । काठ र परालले बनेको उक्त घरमा खाना बनाउने क्रममा आगो सक्लिएर दुर्घटना निम्तिएको प्रहरीले जनाएको छ ।

आगलागीबाट मानवीय क्षेति भने नभएको जनाइएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

टिप्पणीहरू