वनभोजमा महिलाहरुको कमिटी पुनर्गठन

वनभोजमा महिलाहरुको कमिटी पुनर्गठन

नेकपा (एकीकृत समाजवादी) सम्बद्ध अखिल नेपाल महिला संघ (अनेमसंघ) जिल्ला कमिटी झापा पुनगर्ठन गरिएको छ । हिजो सुरुङ्गास्थित जामुनखाडीमा आयोजित वनभोजसहितको जिल्लास्तरीय बृहत भेलाले पुनः हरिमाया मैनालीको अध्यक्षतामा ५१ सदस्यीय अनेमसंघ जिल्ला कमिटी झापा पुनर्गठन गरेको बताइन्छ ।

कमल गाउँपालिका निवासी मैनालीको अध्यक्षतामा गठित कमिटीको उपाध्यक्षद्वयमा कुञ्जा रुचाल (भद्रपुर), बिन्दा भट्टराई (बिर्तामोड), सचिवमा देवीमाया बस्नेत मिश्र (शिबसताक्षी) र कोषाध्यक्षमा सुशिला तिवारी (बिर्तामोड) छन् ।

त्यसैगरी, सदस्यहरुमा कलमा शिवाकोटी, प्रेमकुमारी बाँस्तोला, कल्पना पोखरेल, भगवती दर्जी, चानवती राजवंशी, नानुमैया राई, मिरा प्रधान, कल्पना खनाल, हरिमाया सञ्जेल, लक्ष्मी आचार्य, हेमकला कुमाल, मनमाया भुजेल, करुणा राजवंशी, विष्णुमाया पाठक, विमला देवकोटा चयन भएका छन् । 

अन्य सदस्यहरुमा सुनिता नेपाल, चन्द्रकला दर्जी, सिर्जना घिमिरे, तारा श्रेष्ठ, विमला अधिकारी, पुजन श्रेष्ठ, सुस्मिता भण्डारी, जयन्तीदेवी यादव, तारा थापा, सीता खड्का हुन् । बाँकी सदस्य पदमा आगामी बैठकबाट मनोनीत गरिने जानकारी दिइएको छ ।

सोही भेलाले अनेमसंघ कमल गाउँ कमिटीसमेत गठन गरेको छ । १५ सदस्यीय कमिटीको अध्यक्षमा अनिता सुनुवार निर्वाचित भएकी छन् । सदस्यहरुमा तुलसा पाण्डे, टीका पाण्डे, अस्मिता (हेमन्ता) लामिछाने, कल्पना चापागाई, बिना बस्नेत, गोमा भुजेल, पार्वता राई, सस्मिता ताजपुरिया, कल्पना बाराकोटी चयन भएकी छन् ।

नेकपा (एकीकृत समाजवादी) केन्द्रीय सदस्य तथा झापा जिल्ला सहइञ्चार्ज चन्द्र श्रेष्ठद्वारा अनेमसंघ जिल्ला कमिटी झापा र कमल गाउँ कमिटीको नामावली घोषणा गरिएको थियो । सो अवसरमा नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य भाष्कर काफ्ले, केन्द्रीय सदस्य तथा दुई महिने संगठन सुढृढीकरण अभियानअन्तर्गत झापाका अभियन्ता धर्मराज पौडेल, अनेमसंघकी केन्द्रीय सदस्य अम्बिका उप्रेतीले नवनिर्वाचित कमिटीलाई सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य नीलमणी बराल, जेष्ठ कम्युनिष्ट समाजका सदस्य देवी बराल, केन्द्रीय परिषद सदस्य रमा खवास, समाजवादी प्रेस संगठन झापाका अध्यक्ष अनिलदेव राई, युवा संघ नेपालका केन्द्रीय सदस्य हरिकृष्ण पौडेल, युवा संघ झापाका सचिव तथा नेकपा (एकीकृत समाववादी) कनकाई नगर अध्यक्ष प्रतिक राजवंशी, दमक नगर इञ्चार्ज हरिप्रसाद नेपाल, नेकपा (एकीकृत समाजवादी) शिवसताक्षी नगरका नेता सोमनाथ गुरागाईंलगायतको उपस्थिति थियो ।

टिप्पणीहरू