गठबन्धनबारे उपयुक्त समयमा उपयुक्त निर्णय गरिने छ : काँग्रेस सभापति

सुन्नुहोस्

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी दिनमा राजनीतिक गठबन्धन गर्ने कि नगर्ने भन्ने विषय तत्कालिन परिस्थितिले तय गर्ने बताउनुभएको छ ।

पार्टीको महासमिति बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले भविष्यमा राजनीतिक गठबन्धन गर्ने वा नगर्ने भन्ने विषय तत्कालिन परिस्थितिमा निर्भर हुने उल्लेख गर्नुभएको हो । उहाँले पार्टीले परिस्थितिअनुसार गठबन्धनको औचित्य र सान्दर्भिकताको ठोस मूल्याङ्कन गरी परेको बेलामा उपयुक्त निर्णय लिने बताउनुभयो । 

पार्टीलाई संगठनात्मक रुपले थप सबल बनाउन विधान संशोधनका बारेमा आवश्यक छलफल गर्न सकिने उहाँको ठम्याई छ । 

सभापति देउवाले जनताको निराशालाई देखाएर लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा हुने गतिविधि काँग्रेसलाई मान्य नहुने उल्लेख गर्नुभयो । लोकतन्त्रको विकल्प लोकतन्त्र नै रहेकोमा नेपाली काँग्रेस दृढ रहेको उहाँको भनाई छ । 

उहाँले भन्नुभयो, ‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो भन्नेकुरामा हामी दृढ छौँ । लोकतान्त्रिक व्यवस्थाले नै सबै समस्याको समाधान गरेर देशलाई विकासको बाटोमा लान सक्दछ ।’

टिप्पणीहरू