जनआधारित कार्यकर्ता पार्टी निर्माणमा देखिएको समस्याबारे एमालेमा छलफल
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय समिति बैठक शुरु भएको छ । पार्टी मुख्यालय ललितपुरको च्यासलमा आजदेखि शुरु भएको बैठक तीन दिनसम्म चल्ने छ ।
बैठकमा मुख्यगरी जनआधारित कार्यकर्ता पार्टी निर्माणमा देखिएको समस्या र समाधानका उपायमाथि छलफल हुने बताइएको छ । त्यो बाहेक बैठकमा झण्डै आधा दर्जन एजेण्डा तय गरिएको छ ।
त्यसैगरी समसामयिक राजनीतिक परिस्थिति, सांगठनिक विस्तारको समीक्षा, संगठन शुद्धीकरण तथा सुदृढीकरण कार्यक्रमको अवधारणालगायत विषयमा पनि छलफल गरिने बुझिएको छ ।
टिप्पणीहरू