बुद्धको विमान पोखरामा अवतरण गर्न नसकेपछि काठमाडौं फर्क्यो

बुद्धको विमान पोखरामा अवतरण गर्न नसकेपछि  काठमाडौं फर्क्यो

काठमाडौंबाट पोखरा गएको बुद्ध एअरको विमान अवतरण गर्न नसकेपछि काठमाठौं फर्केको छ । बिहान पौने ९ बजे ७३ जना यात्रु लिएर गएको बुद्धको उडान नम्बर बीएचए ६५१ विमान खराब मौसमका कारण अवतरण गर्न नसकेको बताइएको छ ।

पोखरा नजिकैको आकाशबाट डाइभर्ट भएको उक्त विमान साढे ९ बजे काठमाडौंमा अवतरण गरेको जनाइएको छ ।

टिप्पणीहरू