संसदमा जिबी राईको खोजी

संसदमा जिबी राईको खोजी
सुन्नुहोस्

देशभर सहकारीको सञ्जाल खडा गरी सर्वसाधारणको अरबौँ निक्षेप कुम्ल्याएर भागेका गोरखा नेटवर्क प्रालिका अध्यक्ष जिबी राईको संसदमा खोजी भएको छ । 

आज बसेको प्रतिनिधिसभा बैठकमा जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रदीप यादवले सहकारी ठगि प्रकरणका दोषी राई पक्राउ नपरेकोप्रति संसदमा प्रश्न उठाएका हुन् । उनले सहकारी ठगीमा संलग्न राईलगायत सबैलाई तुरुन्त समात्न सरकारको ध्यानाकर्षण पनि गराएका छन् । 

वीरगञ्जको सानो पाइला वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३५ करोड रुपैयाँ बचत लिएर भागेका राई कहाँ छन् ? भनी सांसद यादवले प्रश्न पनि गरे । ‘कहाँ छन् जिबी राई ? सरकारले किन नियन्त्रणमा लिँदैन ?’, उनले सोधे । 

वीरगञ्जवासीले प्रहरीमा उजुरी दिएपनि हालसम्म छानविन अगाडि नबढेको भन्दै यादवले असन्तुष्टि जनाए । राईले विना धितो वीरगञ्ज बाहिरका ७५ जनालाई ९४ करोड रुपैयाँ दिएको उनले संसदलाई जानकारी गराए । 

राईलगायत सहकारी ठगि प्रकरणमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउन ढिलो गर्न नहुने सांसद यादवको भनाई छ । जिबीको सहकारी ठगी धन्दामा प्रतिनिधिसभा सदस्य तथा रास्वपाका सभापति रवि लामिछानेको पनि नाम जोडिएको छ ।
 

टिप्पणीहरू