माओवादी स्थायी समितिको स्थगित बैठक तीन दिनपछि
नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक भोलि बिहान ११ बजे डाकिएको छ । हिजो दिउँसो १ बजे राखिएकोे बैठक पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको व्यस्तताका कारण स्थगित गरिएको जनाइएको छ ।
बिहीबार बिहान बसेको बैठक हिजो दिउँसोसम्मको लागि स्थगित गरिएको थियो । बैठकमा पदाधिकारीहरुको जिम्मेवारी हेरफेर र प्रदेश इञ्चार्ज तोकिने एजेण्डा राखिएको छ । त्यसैगरी परिमार्जित विधान अनुमोदन गर्ने, आगामी अभियानको विस्तृत कार्यक्रम तय गर्ने, त्यसका लागि कमान्डर तोक्ने भनिएको छ ।
बैठक भोलि बिहान ११ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने छ ।
टिप्पणीहरू