वडा कार्यालयको हलमा युवतीको शव

वडा कार्यालयको हलमा युवतीको शव

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १८ को कार्यालयभित्र एक युवती मृत भेटिएकी छन् । वडा कार्यालयको सभाहलभित्र स्थानीय २० वर्षीया प्रमिला धामी झुण्डिएको अवस्थामा फेला परेको बताइन्छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी डिएसपी प्रकाश डाँगीका अनुसार युवतीको निधनबारे थप अनुसन्धान भइरहेको छ । 

प्रमिलाका श्रीमान सोही नगरपालिकाको नगर प्रहरीमा कार्यरत छन् । उनी श्रीमानसँगै वडा कार्यालयले उपलब्ध गराएको आवासमा बस्दै आएकी थिइन्।

माइती दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ५ रहेको बताइन्छ । प्रहरीले कार्यालयको सीसीटिभी फुटेज जाँच र मृतकका श्रीमानसँग सोधपुछ गरिरहेको छ ।
 

टिप्पणीहरू