इलाम र बझाङमा उपचुनावकाे मिति घोषणा

इलाम र बझाङमा उपचुनावकाे मिति घोषणा
सुन्नुहोस्

इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा १ मा आगामी वैशाख १५ गते उपचुनाव हुने भएको छ । निर्वाचन आयोगको आज बसेको बैठकले २०८१ वैशाख १५ मा उपचुनाव गराउने निर्णय गरेको हो । 

इलाम-२ बाट एमाले नेता सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका थिए । उनको भदौ २६ गते हृदयाघातका कारण निधन भएपछि सो क्षेत्र रिक्त रहँदै आर्को छ । 

 त्यस्तै,नेपाली कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको गत असार ५ गते सवारी दुर्घटनामा निधन भएपछि बझाङको प्रदेश सभा १ पनि जनप्रतिनिधिविहीन छ । 

आयोगले सरकारसँगको परामर्शमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम रिक्त दुवै क्षेत्रमा उपनिर्वाचनको मिति तोक्ने निर्णय भएको जनाएको छ । 

‘निर्वाचन आयोगको आज मिति २०८० फागुन १३ गते बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारको परामर्श समेतको आधारमा इलाम जिल्ला निर्वाचन क्षेत्र नं २ का रिक्त प्रतिनिधिसभा सदस्य पद एक र सुदूरपश्चिम प्रदेश बझाङ जिल्ला प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा रिक्त प्रदेशसभा सदस्यको उपनिर्वाचन आगामी २०८१ साल वैशाख १५ गते शनिवार गर्ने गरी निर्वाचनको मिति तोकेको छ’,निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

टिप्पणीहरू