राजनीतिक दलसम्बन्धी विधेयक संसदमा पेश
‘राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक, २०८०’ प्रतिनिधि सभामा पेश भएको छ ।
आज बसेको प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विधेयक प्रस्तुत गर्नुभएको हो । विधेयक टेवल गर्दै उहाँले यसअघि अध्यादेशमार्फत दलसम्बन्धी ऐनका केही व्यवस्था संशोधन गरिएकोमा पुरानै व्यवस्था कायम गरेर विधेयक ल्याएको बताउनुभयो ।
राजनीतिक दलसम्बन्धि ऐन २०७३ को केही व्यवस्थाहरुमा अध्यादेशले संशोधन गरेको र सो पश्चात उक्त अध्यादेश खारेज भएको अवस्थामा ऐनको साविककै व्यवस्था कायम राख्न आवश्यक देखिएकाले विधेयक पेश गरेको गृहमन्त्री श्रेष्ठले स्पष्ट पार्नुभयो ।
सो विधेयकमाथि प्रतिनिधिसभामा छलफल हुनेछ ।
टिप्पणीहरू