उपचुनावको मिति तोकिएसँगै मतदाता नामावली दर्ता स्थगित
निर्वाचन आयोगले मतदाता नामावली दर्ता कार्य स्थगन गरेको छ । आज उपनिर्वाचनको मिति घोषणा गर्दै आयोगले मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य रोकेको हो ।
आयोगका प्रवक्ता डा.थानेश्वर भुसालद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा (२) बमोजिम निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता नहुने व्यवस्था भएको हाल नियमित रुपमा भइरहेको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य अर्को व्यवस्था नभएसम्मका लागि स्थगन गर्ने निर्णय गरिएको जानकारी गराइन्छ ।’
गत वर्षको मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनपश्चात् रिक्त इलाम क्षेत्रनम्बर २ र बझाङको प्रदेशसभा १ मा आयोगले आउँदो वैशाख १५ गते उपनिर्वाचन गर्ने गरी मिति तोकेको छ ।
टिप्पणीहरू