राष्ट्रियसभा अध्यक्षमा माओवादीले उम्मेदवारी दिने, आगामी चुनावमा गठवन्धन नगर्ने
सत्तारुढ नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ ।
नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलालाई अध्यक्ष बनाउन सत्ता गठबन्धनमा सहमति भएको चर्चा चलिरहँदा आज बिहान बसेको माओवादी स्थायी कमिटी बैठकले आफ्नै उम्मेदवार खडा गर्ने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै प्रवक्ता अग्निप्रसाद सापकोटाले राष्ट्रियसभा अध्यक्षमा पार्टीले उम्मेदवारी दिने निर्णय गरेको बताए । आगामी निर्वाचनमा पार्टीले गठबन्धन नगरी एक्लै प्रतिष्पर्धा गर्ने पनि उनले बताए ।
टिप्पणीहरू