एमाले अध्यक्ष भरतपुरमा सम्बोधनपछि भट्टेडाँडातर्फ

एमाले अध्यक्ष भरतपुरमा सम्बोधनपछि भट्टेडाँडातर्फ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चितवनबाट फर्किनुभएको छ । 

‘भरतपुर भ्रमण वर्ष’ को उद्घाटन समारोहमा सहभागी हुन आज बिहान त्यता जानुभएका उहाँ हेलिकोप्टरमा केहीबेरअघि भट्टेडाँडा पुग्नुभएको छ । अध्यक्ष ओलीसहित पाँच जना लिएर आएको सिम्रिक एयरको हेलिकोप्टर साढे ३ बजे भट्टेडाँडामा अवतरण गरेको बताइएको छ । 

टोलीमा उहाँका निजी सचिव राजेश बज्राचार्य, दिनेश भण्डारी, विशाल सापकोटा र उमेश थापा छन् । 

ललितपुरको कोन्ज्योसोम गाउँपालिका–२, शंखुस्थित श्री मगर गाउँ माध्यमिक विद्यालको ५० औँ स्वर्ण महोत्सवको उद्घाटन समारोहमा सहभागी हुन अध्यक्ष ओली भरतपुरबाट त्यहाँ जानुभएको हो ।

टिप्पणीहरू