नयाँ मन्त्रीलाई बिदेशीसङ्ग बोल्दाबोल्दै भ्याईनभ्याई

नयाँ मन्त्रीलाई बिदेशीसङ्ग बोल्दाबोल्दै भ्याईनभ्याई
सुन्नुहोस्

आफूले खोजेको मन्त्रालय रवि लामिछानेले हात पारेपछि परराष्ट्रको जिम्मा लिनुभएका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले यहाँस्थित विभिन्न मुलुकका राजदूतहरुसँगको भेटघाटलाई आज पनि निरन्तरता दिनुभएको छ । 

गृहबाट परराष्ट्र सरेपछि राजदूतहरुसँगको भेटवार्तालाई व्यापक बनाउनुभएका उहाँले आजै दुई देशका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभयो । 

बिहानै नर्वेका राजदूत तोरुण द्रमदलाई भेट्नु भएका उहाँले लगत्तै पाकिस्तानी राजदूत अब्रार हास्मीसँग भेट गर्नुभयो । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको दुबै भेटलाई शिष्टाचार भेटवार्ता भनिएको छ । 

परराष्ट्रमन्त्रीको शपथ ग्रहणलगत्तै गत बिहीबार चिनियाँ र भारतीय राजदूतले उपप्रधानमन्त्री श्रेष्ठसँग छुट्टाछुट्टै भेट गरेका थिए । अर्को दिन दिउँसो अमेरिकी राजदूत उहाँलाई भेट्न सिंहदरबार पुगे ।

त्यस्तै, फागुन २९ गते परराष्ट्रमन्त्री श्रेष्ठले रुसी राजदूत अलेक्सेइ नोभिकोभसँग भेटवार्ता गर्नुभएको थियो ।

 


 

टिप्पणीहरू