विश्वासको मत दिएको भोलिपल्टै सरकार छाड्ने चेतावनी

सुन्नुहोस्

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्रीले प्रतिबद्धता जनाएका विषय पूरा नभए सरकारबाट बाहिरिने बताउनुभएको छ । 

संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले असार ३१ को समयसीमा दिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो पार्टीसँग गरेका प्रतिबद्धता पूरा गर्न आग्रह गर्नुभएको छ । अन्यथा आफूहरु सरकारबाट बाहिरिने पाण्डेको भनाई छ ।

उहाँले भन्नुभयो, ‘मैले स्पष्टै भनेको छु, तपाईंले बोलेका कुराहरु पूरा गर्नुभएन भने असारको ३१ गते बिदा हुनुहुन्छ । तपाईं बिदा हुनुहुन्छ । भोट हाल्दैनौँ भनेको छु । १६५ वटा निर्वाचन क्षेत्रलाई विचार गर्नुभएन भने बजेटमा भोट हालिँदैन, त्यहाँभन्दा बढ्ता के भन्नु ? प्रधानमन्त्रीले प्रतिबद्धता पूरा नगरे बाहिर निस्किन्छौँ ।’

हिजो प्रधानमन्त्रीले प्रतिनिधिसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि टिप्पणी गर्ने क्रममा उपाध्यक्ष पाण्डेले बजेट विनियोजन न्यायसंगत नभए सरकार छाड्ने चेतावनी दिनुभएको थियो ।
 

टिप्पणीहरू