काँग्रेसको गैसस विभागमा १० सदस्य थप

काँग्रेसको गैसस विभागमा १० सदस्य थप
सुन्नुहोस्

नेपाली काँग्रेससम्वद्ध गैरसरकारी संस्था (गैसस) समन्वय विभागमा १० जना सदस्य थपिएका छन् । 

केन्द्रीय सदस्य डा. रणबहादुर रावल नेतृत्वको विभागमा सभापति शेरबहादुर देउवाले आज १० जना सदस्य मनोनित गर्नुभएको हो । जसमा मोरङ्गका डिल्लीराम गिरी, धनुषाका परमेश्वर महासेठ, काठमाडौंका सकुन्दराज अर्याल, गोरखाका प्रल्हादबाबु पन्त, कास्कीका यज्ञश्वर पौडेल, दाङका चूर्णबहादुर चौधरी, बर्दियाका भैरवबहादुर विष्ट, मुगुका तिलकबहादुर मल्ल, अछामकी अम्बीकुमारी थापा र कैलालीका उत्तमराज जोशी रहेका छन् ।

 नेपाली काँग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम सभापति देउवाले उनीहरुलाई सदस्य मनोनयन गर्नुभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू