कैलाश मानसरोबरतिर लागे उपप्रधानमन्त्री श्रेष्ठ
चीन भ्रमणमा रहनुभएका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज कैलाश मानसरोबर पुग्नुभएको छ । उहाँ सिजाङ (तिब्बत) को ल्हासा हुँदै त्यहाँ जानुभएको हो ।
श्रेष्ठ छोङछिङबाट हिजो ल्हासा पुग्नुभएको र त्यसअघि बेइजिङको उच्चस्तरीय भेटघाटमा हुनुहुन्थ्यो ।
ल्हासास्थित नेपाली महावाणिज्य दूतावासमा हिजो आयोजित कार्यक्रममा बोल्दै उहाँले नेपालको तिब्बतसँग जोडिएका नाकासँगै छोङछिङ शहर, सिचुवान प्रान्त र सिजाङलाई नेपालको विकाससँग आर्थिक करिडोरका रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभएको थियो ।
टिप्पणीहरू